९ आश्विन २०८१, बुधबार | September 26, 2024

बाख्रापालनमा हौसिँदै रामपुरका महिला

आसर-१९

रामपुर (पाल्पा), १९ असार (रासस) : करिब एक दशकअघि गाउँको सबैका घर–घरमा कम्तीमा पनि एक–दुईवटा बाख्रापालन गरिन्थ्यो । आम्दानीका लागि बाख्रापालनलाई कमैले मात्र जोड दिने गरिन्थ्यो । गाईभैँसी बाँध्ने गोठमा सामान्य दानापानी, घाँसपात दिएर परम्परागत तरिकाले बाख्रापालन गर्ने चलन थियो । बाख्रापालन गरेर आम्दानी धेरै लिन सकिन्छ भन्ने चेतना र सोच कमैमा थियो ।

बाख्रापालन गर्ने प्रविधि, ज्ञान, सीप र सहयोग नपाउँदा कतिपय स्थानीय नयाँ तरिकाबाट व्यवसाय गर्ने चाहना भएता पनि यसबारे अनभिज्ञ रहँदा परम्परामै सीमित रहन बाध्य भएका हुन् । तर अहिले भने स्थानीयको अवस्था पहिलेको तुलनामा धेरै फेरिएको छ । गाउँ–गाउँमा स्थानीय सरकारले आयआर्जनमूलक क्षेत्रमा लगानी, विभिन्न सीप, प्रविधि सिकाउन थालेपछि बाख्रापालन आम्दानीको भरपर्दो र दिगो आयस्रोत हो भन्ने सबैमा चेतना बढ्दै गएको छ । बाख्रापालन व्यवसायमा राम्रो ज्ञान सीप र प्रविधि पाएपछि पाल्पा रामपुरका महिलाको दिनचर्या बदलिएको छ ।

बाख्रापालनलाई व्यवसायीकरण गर्न थालेपछि रामपुर–१० तल्लो कुमालगाउँ बस्ने कमला कुमालको दिन फेरिँदै गएका छन् । आफूले घरमा पालनपोषण गरेको पाठा नौ महिनामा बिक्री गरी बुझेको रु १५ हजार रकमले उहाँमा खुसीको सीमा छैन । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा नगरभित्रका महिलालाई बाख्रापालनबाट जिविका धान्ने गरी माउ बाख्रा वितरण तथा विभिन्न औषधि, तालिम, बाख्रापालन गर्ने सीप पाएपछि उहाँले नयाँ प्रविधिबाट बाख्रापालन थाल्नुभयो ।

उहाँ भन्नुहुन्छ, “बाख्रापालनका लागि धेरै प्रविधि सिकियो, आधुनिक प्रविधिअनुसार पालनपोषण थालिएको छ, दानापानी, घाँसपात दिने तरिकालगायत धेरै सीप सिकेपछि बाख्रापालनमा सजिलो भएको छ, आफ्नो मेहनतले आर्जन गरेको कमाई हात पर्दा छुट्टै आनन्दको अनुभूति भइरहेको छ ।”

उहाँको घरमा नगरपालिकाको सहयोगमा एक माउ बाख्रासहित एक सानो पाठी र दुई ठूला माउ बाख्रा छन् । बाख्रापालन गरेर मनग्य आम्दानी गर्ने लक्ष्यसहित व्यवसाय विस्तार गर्दै जाने उहाँ बताउनुहुन्छ । धेरै मेहनत गर्न नपर्ने, घरको कामधन्दा, छोराछोरीको हेरचाह गर्दै बाख्रापालन कमाई गर्ने आधार बनेकामा उहाँ उत्साहित हुनुहुन्छ ।

तल्लोकुमाल गाउँकै गङ्गादेवी कुमालले बाख्रापालन गर्ने विभिन्न प्रविधि, सीपमूलक तालिम पाएपछि व्यवस्थित खोर निर्माण गरेर बाख्रापालन थाल्नुभएको छ । उहाँको घरमा हाल पाँच माउबाख्रा, दुईवटा पाठा, दुईवटा पाठी छन् । रामपुर नगरको सहयोगमा एक माउ बाख्रा पाएपछि अरु बाख्रा आफैँले थप गरेर व्यवसाय चलाउनुभएको हो । बाख्रापालनलाई व्यवस्थित गरी दिगो आम्दानीको स्रोत भित्र्याउन रु ४५ हजारको लागतमा करिब २० वटा बाख्रा अट्ने खोर निर्माण गर्नुभएको छ । उहाँले ५० वटासम्म माउ बाख्रापालन गर्ने लक्ष्य राख्नुभएको छ । एक बाख्राबाट सुरु गरेको व्यवसाय थपिँदै जाँदा अहिले नौ पुगेको छ । बाख्रापालन गर्नुअघि उहाँले गाउँघरमा मजदुरी गर्दै आउनुभएको थियो ।

“मजदुरी कामले मात्रै जीविका चलाउन सकिएन, परिवारको आयस्रोत केही छैन, परिवार धान्न र आयआर्जनका लागि बाख्रापालनलाई जोड दिएको छु”, उहाँले भन्नुभयो, “बेला–बेलामा यससम्बन्धी सीपमूलक तालिम, प्रविधि सिक्न पाइने, बाख्रापालनमा स्थानीय सरकारबाट सहयोग पाइँदोरहेछ, यसमै असाध्यै खुसी छु ।”

बाख्रापालनसम्बन्धी सीप र प्रविधिबारे जानकारी नहुँदा आशा गरेअनुसार प्रतिफल लिन नसकिरहेको अवस्थामा रामपुरका महिलाले भने मनग्य कमाई गर्ने सोच बनाएर व्यवसायमा होमिएका छन् । महिला आर्थिक क्षेत्रमा अब्बल बन्दै जान थालेका छन् । बाख्रालाई दानापानी, घाँसपात दिने, खोर व्यवस्थापनसम्बन्धी राम्रो जानकारी नहँुदा मेहनतअनुसार उत्पादन नहुँदा बाख्रापालनमा निराशा बनेका महिला हिजोआज धेरै प्रविधि सिक्ने र बुझ्ने अवसर पाएपछि उत्साहका साथ व्यवसाय सञ्चालन गरिरहेका छन् ।

रामपुर–१० स्वामीभन्ज्याङ बस्ने सिर्जना सुनारले यसभन्दा अघि भैँसी बाँध्ने गोठमा परम्परागत तारिकाले बाख्रापालन गर्नुहुन्थ्यो । बाख्रापालनका लागि नयाँ प्रविधि र सीप नजान्दा यसबाट आशा गरेअनुसारको प्रतिफल लिन सक्नुभएन । सात वर्षदेखि बाख्रापालनमा आबद्ध सुनारले परम्परागत तरिकाले पालन गरेकाले खासै आम्दानी गर्न नसकेको बताउनुभयो । उहाँमा बाख्रापालनका लागि आवश्यक ज्ञान, सीप र प्रविधिबारे जानकारी नहँुदा भैँसी बाँध्ने गोठमा सामान्य तरिकाले बाख्रा पाल्नुहुन्थ्यो । हिजोआज भने बाख्रापालन गर्ने उहाँमा धेरै ज्ञान, सीप र प्रविधिले घरमा पालिएका बाख्रा छिटो हुर्कँदै गएका छन् ।

“बाख्रापालन गर्ने ज्ञान, सीप थाहा नहुँदा राम्रोसँग बढ्न र हुर्कन नसक्ने, विभिन्न रोगको समस्याले सताउँथ्यो, नयाँ तरिकाबाट बाख्रापालन गरेपछि पाठापाठी जन्मेको एक महिनामा नै हलक्क हुर्कन थालेका छन्, समयमा दानापानी, घाँसपात उपलब्ध, बाँध्ने ठाउँ बेग्लै बनायो भने बाख्राबाट छोटो समयमा उत्पादन लिन सकिने रहेछ”, उहाँले भन्नुहुन्छ ।

रामपुर नगरपालिकाले बाख्रापालनसम्बन्धी प्रविधि, बाख्रालाई औषधोपचार सेवा उपलब्ध गराएपछि पहिले र अहिले गर्र्ने व्यवसाय फरक भएको सुनार बताउनुहुन्छ । हाल उहाँको घरमा चार माउ, तीन पाठा, दुई पाठी गरी जम्मा नौवटा बाख्रा छन् । पाठापाठी र माउ बस्ने खोर नै बेग्लै बनाउनुभएको छ । विस्तारै घरमा उत्पादन भएका पाठी हुर्काएर माउ बनाउने र अन्य बाख्रा थप गरेर बढाउँदै जाने उहाँ बताउनुहुन्छ ।

रामपुर–६ तालपोखरा बस्ने हरिमाया घर्तीले बाख्रापालनमा सहयोग पाएपछि अहिले रामपुरमै नमूना खालको व्यवस्थित खोर निर्माण गर्नुभएको छ । नगरपालिकाले खोर व्यवस्थापनका लागि रु २० हजार रकम सहयोग गर्ने भएपछि उहाँले व्यवसायलाई बढाउने गरी करिब रु ६० हजारको लागतमा नमूना खोर तयार पारेको बताउनुहुन्छ । हाल उहाँको घरमा चार माउबाख्रासहित नौवटा बाख्रा छन् । पहिलेदेखि नै बाख्रापालन गर्दै आएको भए पनि धेरै ज्ञान, सीप नजानेपछि मेहनत र परिश्रमअनुसार उत्पादन लिन भने नसकेको बताउनुहँुदै अब भने प्रविधिको प्रयोग गरी व्यवसाय सुरु गरेपछि राम्रो कमाई गर्ने आशा लिनुभएको छ ।

रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा रामपुर कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत आयआर्जनका लागि समूह गठन गरी बाख्रापालन कार्यक्रम सञ्चालन गरिएपछि महिला व्यवसायमा अग्रसर बनेका हुन् । नगरका १० वटै वडामा बाख्रापालन कार्यक्रम सञ्चालन भइरहेको छ । बाख्रापालनसम्बन्धी ज्ञान, सीप, नयाँ प्रविधि सिकाउँदै माउ तथा बोका वितरण गरिएको छ । सो कार्यक्रम सुरु भएपछि बाख्रापालनमात्र नभई निर्धक्कसँग बोल्न, आफ्ना मनमा लागेका कुरा बताउन सक्ने भएका छन् ।

रामपुरमा सुरु भएको परियोजनाले दुई वर्षदेखि तालिम तथा प्राविधिक सहयोगसहित नगरभित्रका १० वटै वडामा १० मूल समूह, १० युवा उद्यमी समूह र ३१ वटा उपहार समूह गरी ५१ समूह गठन गरेको छ । परियोजना सुरु भएदेखि चार सय २१ वटा बाख्रा माउ वितरण, उपहार प्रदान विधिअनुसार दिदी–बहिनी    –सुशीला रेग्मी

रामपुरमा सुरु भएको परियोजनाले दुई वर्षदेखि तालिम तथा प्राविधिक सहयोगसहित नगरभित्रका १० वटै वडामा १० मूल समूह, १० युवा उद्यमी समूह र ३१ वटा उपहार समूह गरी ५१ समूह गठन गरेको छ । परियोजना सुरु भएदेखि चार सय २१ वटा बाख्रा माउ वितरण, उपहार प्रदान विधिअनुसार दिदी–बहिनी

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ११ : ३९ बजे