८ बैशाख २०८३, मंगलबार | April 21, 2026

झापामा एक युवाले गरे आत्मदाह



असार-२६

झापाको गौरादहमा एक युवाले आत्मदाह गरेका छन्।

गौरादह नगरपालिका–१ गौरादह  घर भएका  रोशन साहले आज बिहान करिब ४ बजे बन्द कोठामा शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बन्द कोठामा सुतिरहेको अवस्थामा उनले आफूलाई आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।  मृतक साहकी एक श्रीमती र एक छोरा छन्।

साहले दुई वर्षदेखि डिप्रेसनको औषधी सेवन गर्दै आएको जनाइएको छ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १ : २९ बजे