२ आश्विन २०८१, बुधबार | September 18, 2024

नेपाल पाकिस्तान ‘ए’सँग पराजित



काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित भएको छ ।

श्रीलंकाको कोलम्बो क्रिकेट क्लब मैदानमा नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तान ‘ए’ले ३२.५ ओभरमा ६ विकेट गुमाएर भेटायो ।

नेपालका तर्फबाट ब्याटिङमा सोमपाल कामीबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा नेपाल ३७ ओभरमा १७९ रनमै समेटिएको थियो ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ४ : १५ बजे