४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

फिफा वरियतामा नेपाल नेपाल १७५औंँ स्थानमा



विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औंँ स्थानमा छ । नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औंँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा छ ।

नेपालपछि भुटान १८५औँ, बङ्गलादेश १८९औंँ, पाकिस्तान २०१औंँ, र श्रीलङ्का २०४औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौँथो तथा बेल्जियम पाँचौं स्थानमा छन् ।

यसैगरी क्रोसिया छैटाैँ, नेदरल्याण्ड्स सातौँ, इटाली आठौँ, पोर्चुगल नवाँै तथा स्पेन दशाैँ स्थानमा छन ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ४ : १७ बजे