४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

विराट काेहलीले आफ्नाे ५०० औँ खेलमा बनाए शतक



काठमाण्डाै – भारतीय स्टार क्रिकेटर विराट काेहलीले आफ्नाे ५०० औँ अन्तर्राष्ट्रिय खेलमा शतक बनाएका छन् । सिरिजको दोस्रो टेस्टमा विराटले शतक प्रहार गर्दै आफ्नो क्यारियरमा २९औं टेस्ट शतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिजसँगकाे दाेस्राे टेस्टमा काेहलीले १ सय ८० बलमा आफ्नाे टेस्ट करियरकाे २९ औँ शतक बनाएका हुन् । उनी ५०० औँ अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने पहिलाे खेलाडी हुन् ।

विराटले १११ टेस्टमा आफ्नो २९औं शतक पुरा गरेका छन् । साथै अन्तराष्ट्रिय क्रिकेटमा भने विराटको यो ७६औं शतक हो । उनले टेस्टमा २९ का साथै एकदिवसीय क्रिकेटमा ४६ तथा टी-२० अन्तर्राष्ट्रिय खेलमा एक शतक बनाएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : २१ बजे