९ मंसिर २०८१, आइतबार | November 24, 2024

नारायणकाजी श्रेष्ठ बने माओवादीको कार्यबाहक अध्यक्ष



माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक पार्टी अध्यक्षको जिम्मेवारी दिइएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड आज युरोपेली देश इटाली भ्रमणमा निस्किएपछि यो अवधिका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो ।

पार्टी कार्यालय प्रमुख सचिव श्रीराम ढकालले  श्रेष्ठले प्रचण्डको अनुपस्थितिमा कार्याबाहक अध्यक्षको रुपमा पार्टी सञ्चालन गर्ने बताए ।

इटाली भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ । यसैगरी कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी भने पूर्णबहादुर खड्कालाई दिइएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ८ : ४२ बजे