४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

महिला विश्वकप फुटबल : आज स्पेन र नेदरल्याण्ड तथा जापान र स्वीडेन भिड्दै



महिला विश्वकप फुटबल अन्तर्गत आजदेखि सुरु हुने क्वाटरफाइनलका खेलतर्फ पहिलो दिन स्पेन र नेदरल्याण्ड तथा जापान र स्वीडेन भिड्दैछन्।

एडेन पार्कमा हुने खेलमा स्विडेनले जापानको सामना गर्नेछ । त्यस्तै, नेदरल्यान्ड्सले न्युजिल्यान्डको राजधानी वेलिङ्टनमा स्पेनको सामना गर्दै छ ।

शनिबार हुने अर्काे खेलमा अष्ट्रेलिया र फ्रान्स तथा इंग्ल्यान्ड र कोलम्विया भिड्नेछन् । १५ अगस्टमा पहिलो र १६ अगस्टमा दोस्रो सेमिफाइनल हुनेछ । १९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ ।

२० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १ : ३७ बजे