२ आश्विन २०८१, बुधबार | September 18, 2024

फेरि बढ्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?



सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको २४ घण्टा नपुग्दै सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो ।

मंगलबार मध्यरातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल र मट्टीतेलमा १४ रुपैयाँ बढाएको थियो । इन्धनको मूल्य बढेसँगै बुधबार दिउँसो यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पनि बढाएको हो । विभागले यात्रुवाहक र मालवाहक सवारीको भाडा पनि वृद्धि गरेको हो ।

नयाँ भाडादर अनुसार यात्रुवाहक सवारी साधनको ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.१५ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको ६.८३ भाडा प्रतिशतले बढेको छ ।

याेसँगै काठमाडौं–काकटभिट्टाको नयाँ भाडादर १ हजार ७२५ कायम भएको छ। यसअघि त्यसरूटको सवारी भाडा १ हजार ६४८ थियो। काठमाडौं–कैलालीको अत्तरिया–डडेलधुरा हुँदै वैतडीसम्मको नयाँ भाडा २ हजार ६ सय २८ कायम भएको छ भने काठमाडौं–अत्तरिया हुँदै बझाङको चैनपुरसम्मको भाडा ३ हजार १५ रूपैयाँ तोकिएको छ।

विस्तृत विवरण

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ३ : १९ बजे