८ आश्विन २०८१, मंगलबार | September 24, 2024

जंगली च्याउको तरकारी खाँदा आमा छोरीको मृत्यु



दाङमा जंगली च्याउको तरकारी पकाएर खाएका आमा छोरीको मृत्यु भएको छ।

जंगली च्याउको तरकारी पकाएर खाएपछि गम्भीर बिरामी परेका आमा छोरीको उपचारको क्रममा मृत्यु भएको हो।

दाङको बंगलाचुली गाउँपालिका-४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरी अस्मिताको विषालु च्याउको तरकारी खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

पाँच दिनअघि जंगली च्याउ खाँदा गम्भीर बिरामी परेकी ईश्वरीको शुक्रबार दिउँसो घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए।

ईश्वरीकी ११ बर्षीया छोरी अस्मिताको गएको बुधबारै मृत्यु भएको थियो। ईश्वरीका पति अजय सुनारको प्रतिष्ठानमै उपचार भइरहेको छ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ७ : ४० बजे