६ आश्विन २०८१, आइतबार | September 23, 2024

तीन पटकका डब्लुडब्लुइ च्याम्पियन ब्रे व्याटको ३६ वर्षको उमेरमा निधन



काठमाडौं । तीन पटकका डब्लुडब्लुइ विश्व च्याम्पियन ब्रे व्याटको ३६ वर्षको उमेरमा निधन भएको छ ।

उनी फेब्रुअरीदेखि नै रिंगबाट बाहिर थिए । उनले अज्ञात स्वास्थ्य समस्याको सामना गरिरहेका थिए । तर उनको मृत्युलाई उनको परिवारले अचानक भएको घटनाको रूपमा चित्रण गरेको छ।

डब्लुडब्लुइ कन्टेन्ट अफिसर ट्रिपल एचले यो खबर घोषणा गरेका हुन् । उनले सोशल मिडियामा पोस्ट गरेर भनेका छन् ‘व्याट, वास्तविक नाम विन्डहम रोटुन्डा, को अप्रत्याशित रूपमा निधन भएको छ ।’

व्याट पहलवानहरूको परिवारबाट आएका थिए, जसमा उनका हजुरबुबा ब्ल्याकज्याक मुलिगन, उनका बुबा माइक रोटुन्डा र कान्छो भाइ बो डलास थिए।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ३ : ०३ बजे