५ आश्विन २०८१, शनिबार | September 21, 2024

एकदिवसीय विश्वकपका लागि नेदरल्यान्डको टिम घोषणा



काठमाडौँ- भारतमा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि नेदरल्यान्डले टिमको घोषणा गरेको छ । नेदरल्यान्डले स्कट एडवर्ड्सको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

भारतले आउँदो अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म विश्वकप आयोजना गर्दैछ ।

नेदरल्यान्डले यस वर्षको सुरुमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगितामा उपविजेता बन्दै भारतले आयोजना गर्ने विश्वकपमा आफ्नो स्थान बनाएको थियो ।

नेदरल्यान्डको टिमः

स्कट एडवर्ड्स (कप्तान), म्याक्स ओ’डाउड, बास डे लीडे, विक्रम सिंह, तेजा निदामानुरु, पल भान मिकेरेन, कोलिन एकरम्यान, रोलोफ भान डेर मर्वे, लोगान भान बेक, आर्यन दत्त, रायन क्लेन, वेस्ली बारेसी, साकिब जुल्फिकार, शरिज अहमद, सिब्रांड इगल्ब्रेच्ट ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ३ : १३ बजे