२ असार २०८३, मंगलबार | June 16, 2026

श्रीलंका र पाकिस्तानको खेल आज



काठमाडौं : एसीसी एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंका र पाकिस्तान भिड्दैछन्। खेल कोलम्बोमा नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ।

आजको खेलको विजेताले उपाधिका लागि भारतसँग आइतबार प्रतिस्पर्धा गर्ने छ। आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ।

दुवै टोली २ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्। भारत एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ। आजको खेल वर्षाले प्रभावित भए श्रीलंका फाइनलमा प्रवेश गर्नेछ भने पाकिस्तान बाहिरिने छ।

श्रीलंका रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ भने पाकिस्तान तेस्रो स्थानमा। श्रीलंका साविक विजेता हो भने पाकिस्तान वानडे क्रिकेटको बरियताको नम्बर वान। यस अघि पाकिस्तान भारतसँग २ सय २८ रनको फराकिलो अन्तरमा पराजित भएको थियो भने श्रीलंका मंगलबार भारतसँग ४१ रनले नै पराजित भएको थियो।

बंगलादेश भने दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिसकेको छ। भारत र बंगलादेशको खेल भोलि हुनेछ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ८ : ४३ बजे