७ आश्विन २०८१, सोमबार | September 24, 2024

शिक्षकले सडकका रुखबिरुवा सखाप गरेपछि देवकोटा सम्झिँदै बालेनले लेखे- नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ



शिक्षकहरूको आन्दोलनले काठमाडौंको माइतीघरदेखि बानेश्वर सडक छेउका बिरुवा र दूबो सखाप गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले असन्तुष्टि जनाएका छन् । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्झिँदै उनको कवितासमेत लेखेका छन् ।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्

नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ
महाकवि लक्ष्मीप्रसाद देवकोटा


प्रदर्शनमा आएका शिक्षकहरूले सडक छेउका रुखबिरुवा हाँगा भाँचेका छन् । त्यस्तै आन्दोलनको भीडले सडक छेउको दूबोसमेत बिग्रिएर सखाप भएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ७ : ५१ बजे