१० बैशाख २०८३, बिहिबार | April 23, 2026

औषधि सेवन गरेर गर्भ खेर गएपछि बलात्कारको उजुरी, एक जना पक्राउ



प्यूठान : २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोल्पाको रोल्पा नगरपालिका–३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विक रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विकले ती महिलालाई गत भदौ १४ गते दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भिंगृ बजारस्थित ए वन रेष्टुरेण्टमा खाजा खान लगि जबरजस्ती करणी गरेको उजुरी परेको थियो।

बलात्कारपछि बस्न गएको गर्भ फाल्नुपर्छ भन्दै ललाई फकाई थाहा नभएको औषधि सेवन गर्न दिँदा गर्भ खेर गएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ३ : १४ बजे