७ आश्विन २०८१, सोमबार | September 23, 2024

फिल्म ‘रावायण’ र अनमोल विवादमा प्रदीप खड्काको इन्ट्री !



काठमाडौँ । फिल्म ‘रावायण’को निर्माण पक्ष र अभिनेता अनमोल केसीबीचको विवाद जारी रहेका बेला यस विवादमा अर्का अभिनेता प्रदीप खड्कापनि मुछिएका छन् ।

यस विवादमामा अनमोल प्रहरीको हिरासतबाट आइतबार हाजिरी जमानीमा रिहा भएपछि प्रदीप खड्काले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसका कारण विवादमा परेका छन् । अभिनेता प्रदीप खड्काले अनमोलप्रति कटाक्ष गर्दै फेसबुकमा लेखेर यस विवादमा मुछिएका हुन् ।

प्रदीपले दुलहा र दुलहीको उदाहरण दिँदै उनले ५/७ वटी दुलही सोझा पर्दैमा सबै एकै नहुने, विवाहपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने, कानुनी वा सामाजिक जस्तोसुकै विवाह भए पनि दुलहीले अंश माग्ने र कानुनले दिलाउने उल्लेख गरेर अनमोलप्रति व्यंग्य गरेका छन् । अनमोलको नाम उल्लेख नगरी प्रदीपले लेखेको स्ट्याटसप्रति धेरै जसोको नकारात्मक प्रतिक्रिया आएपछि उनले स्पष्टीकरण समेत दिएका छन् ।

प्रदीपले आफू एउटा कलाकार र फिल्म क्षेत्रप्रति सरोकारवाला व्यक्ति भएको हिसाबले निर्मातालाई सुरक्षित गर्ने प्रयत्न हुनपर्ने प्रतिक्रिया दिएका छन् । उनले निर्देशकलाई काम गर्ने स्वतन्त्रता हुनुपर्ने र कलाकारलाई पनि मेकरप्रति विश्वस्त नहुँदा प्रोजेक्ट इन्कार गर्न छुट रहने बताएका छन् ।

यस अघि फिल्म ‘रावायण’ का निर्देशक सुदर्शन थापाले पनि अनमोलको नाम नलिएर फिल्मका लागि मोटो रकम माग गर्नु यस विषयमा पूर्ण तयारी गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ४ : ५३ बजे