३ आश्विन २०८१, बिहिबार | September 20, 2024

नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित



चीनको हाङजाउमा मंगलबार भएको खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो। भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेटको क्षतिमा १७९ रन बनाएको हो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९-२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाए। अन्य खेलाडले दोहोरो अंक पनि जोड्न सकेनन्।

भारतका लागि रवि विश्वईले तीन र अभेष खानले तीन-तीन तथा अर्षदीप सिंहले दुई र साई किशोरले एक विकेट लिए।

यसअघि भारतले चार विकेट गुमाएर २०२ रन बनाएको थियो। भारतका लागि यशस्वी जैसवालले शतक बनाए।

त्यस्तै, रिंकु सिंहले ३७, शिभम दुवेले २५, रुतुराज गायकवाड २५, जितेश शर्माले पाँच र तिलक बर्माले दुई रन बनाए।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिए।

यो हारसँग नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ।

 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १० : १७ बजे