३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भारतको भन्दा नेपालको छक्का धेरै



एसियन गेमको क्वार्टरफाइनलमा सानदार ब्याटिङ गर्दा पराजित भए पनि नेपालले भारतको भन्दा बढी छक्का प्रहार गरेको छ । २० ओभरमा भारतले ४ विकेटको क्षतिमा २०२ रन बनाएर नेपाललाई लक्ष्य दिएको थियो ।

विश्व नम्बर एक टोलीविरुद्ध नेपालले २०३ रन पछ्याउँदा भारतको भन्दा बढी छक्का प्रहार गरेको हो । २०३ रनको लक्ष्य पछ्याउँदा नेपालले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १७९ रन बनाएर २३ रनको पराजय बेहोर्‍यो ।
यस क्रममा नेपालले भारतविरुद्ध १४ छक्का र ११ चौका प्रहार गरेको छ । भारतले १२ वटा छक्का र १७ चौका प्रहार गर्‍यो ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ११ : ४९ बजे