७ आश्विन २०८१, सोमबार | September 23, 2024

एक्समा अब समाचार सेयर गर्दा शीर्षक नदेखिने



पहिले ट्विटर भनेर चिनिने एक्समा अब समाचार सेयर गर्दा शीर्षक नदेखिने भएको छ । कम्पनीका मालिक एलन मस्कले पोस्टलाई हेर्दा चिटिक्क देखिने बनाउने घोषणा गरेको केही समयपछि यस्तो परिवर्तन आएको हो ।

ट्विटरमा पोस्ट गरिएका लिङ्कमा अब समाचारको फोटो मात्रै देखिन्छ । प्रयोगकर्ताले पेज भिजिट गर्न चाहेमा फोटोलाई क्लिक गर्नै पर्छ ।

यो परिवर्तन आइओएस र डेस्कटप प्रयोगकर्ताका लागि बुधवारदेखि लागू गरिएको छ ।

यो परिवर्तनका लागि गत अगस्टदेखि काम भइरहेको थियो  । योजनाबद्ध रूपमा गरिएको यो परिवर्तनपछि मस्कले लेखे, ‘यो परिवर्तन मबाट सिधै आएको छ । साजसज्जामा थप परिवर्तन हुनेछ ।’

अघिल्लो वर्ष मस्कले ट्विटर किनेपछि यसमा एक एक गरी व्यापक परिवर्तन देख्न पाइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : १६ बजे