६ आश्विन २०८१, आइतबार | September 22, 2024

सन् २०३४ को फिफा विश्वकप आयोजनामा साउदीलाई नेपालको समर्थन



नेपालले सन् २०३४ को विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई समर्थन गर्ने भएको छ ।

आइतबार एक विज्ञप्तिमार्फत अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०३४ को विश्वकप आयोजनाको साउदी अरबको प्रस्तावमा नेपालले समर्थन गर्ने जानकारी दिएको हो ।

विज्ञप्तिमा एन्फाले सन् २०३४ को विश्वकप नेपालको पोजिसन स्पष्ट रहेको भन्दै साउदी अरबलाई समर्थन गर्ने जनाएको छ ।

लाखौँ नेपाली कार्यरत रहेको साउदी र नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक सम्बन्धका आधारमा पनि साउदीलाई नेपालले समर्थन गर्ने बताइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ११ : १७ बजे