३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रशिक्षक दासानायकेले नेपालपछि क्यानडालाई पनि पुर्‍याए टी-२० विश्वकप



काठमाडौं । आगामी वर्ष आयोजना हुने टी-२० विश्वकपमा क्यानडा छनोट भएको छ । अमेरिकी छनोटमा पहिलो हुँदै क्यानडाले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो ।

विश्वकपका अघिल्ला ८ संस्करणमा क्यानडा छनोट हुन सकेको थिएन । प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा क्यानडाले ऐतिहासिक सफलता प्राप्त गरेको हो ।

यसअघि दासानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ को विश्वकप खेलेको थियो । विश्वस्तरको छनोटबाट उनले नेपाललाई विश्वकप पुर्याएका थिए । यसपटक महादेशीय छनोटको विजेता सोझै विश्वकप पुग्ने व्यवस्था छ ।

अमेरिकी छनोटमा क्यानडासहित पनामा, बर्मुडा र केम्यान आईसल्यान्ड सहभागी थिए। क्यानडाले नेट रनरेटमा बर्मुडालाई पछाडि पारेर विश्वकपमा स्थान बनाएको हो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ६ : १६ बजे