३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आतङ्कवादविरोधी कारवाहीमा पाकिस्तानमा दुईको मृत्यु



पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको छुट्टाछुटुटै कारवाहीमा दुइ आतङ्ककारी मारिएको पास्तिानी सेनाले जनाएको छ ।

सेनाले प्रान्तीय डेरा इस्माइल खान जिल्लाको जासुसी–आधारित कारवाहीमा दोहोरो भिडन्तमा एक आतङककारीलाई मार्न सफल भएको सेनाको मिडिया शाखाले इन्टर सर्भिस पब्लिक रिलेसनले विज्ञप्तिमा उल्लेख गरेको छ । मारिएका आतङ्ककारी आतङ्ककारी हमला तथा सुरक्षा बल बिरुद्ध गतिविधिमा सक्रिय रहेको सेनाले जनाएको छ ।

यसैगरी उत्तरी वाजिरिस्तान जिल्लामा आतङ्ककारीसँग भएको अर्को भिडन्तमा सेनाले लुकेर बसेका अर्का आतङ्ककारीलाई मारेको जनाएको छ । उक्त आतकङ्कारीबाट हतियार र गोलाबारुद बरामद गरेको पनि सेनाले बताएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ३ : ५७ बजे