३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कांग्रेस एकजुट भए कसैले परास्त गर्न सक्दैन : कोइराला



काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले परास्त गर्न नसक्ने बताएका छन् ।

कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ काठमाडौँले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेस अहिले पनि बलियो रहेको र कांग्रेस एकजुट भए सबै दलहरू एकजुट भए पनि कसैले परास्त गर्न नसक्ने बताएका हुन् ।

उनले कांग्रेसका समर्थक र शुभेच्छुकहरूले माया गरेका कारण आफू अहिलेको स्थानमा आएको भन्दै आफूले पनि सम्मान गर्ने बताए । आफूलाई भाषण गर्न नआउने र आफूले बोल्ने कुरा हृदयबाट आउने उनकाे भनाइ छ ।

कोइरालाले जनतालाई छुने गरी दीर्घकालीन योजना बनाएर कांग्रेस अघि बढ्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : ४९ बजे