४ आश्विन २०८३, आइतबार | September 21, 2026

विश्वकप क्रिकेट: अष्ट्रेलिया र श्रीलंका भिड्दै



काठमाडौं- विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार अष्ट्रेलिया र श्रील‌ंकाबीच प्रतिस्पर्धा हुँदैछ। भारतको लखनउस्थित क्रिकेट मैदानमा स्थानीय समय अनुसार दिउँसो सवा २ बजे खेल हुनेछ।

चालु विश्वकपमा दुई/दुई खेल गुमाएका अष्ट्रेलिया र श्रीलंकालाई यो खेल जित्नै पर्ने दबाब छ। पूर्व विश्वविजेता यी दुवै टोलीले सुरुवाती खेलमा खराब प्रदर्शन गरेका छन्। उनीहरुलाई सेमिफाइनलमा पुग्नका लागि बाँकी सबै खेल जित्नुपर्ने स्थिति छ।

अष्ट्रेलियन क्रिकेट टिमका कप्तान प्याट कमिन्सले भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगिताका अबका सबै खेल आफ्ना लागि फाइनल सरह भएको बताएका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १० : ३२ बजे