३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नयाँ नोट आजदेखि साट्न पाइने, कति पाइन्छ साट्न ?



यो वर्षको दसैँका लागि सर्वसाधारणले नयाँ नोट आजदेखि साट्न पाउने भएका छन् । वाणिज्य बैंकहरूबाट नयाँ नोट साट्न पाइनेछ ।

नेपाल राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यका अनुसार वाणिज्य बैंकहरूलाई मागानुसार राष्ट्र बैंकले नयाँ नोट दिइसकेको छ ।

एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था गरिएको शाक्यको भनाइ छ ।

पाँचदेखि १०० रुपैयाँको एक बन्डलमा १८ हजार ५०० रुपैयाँ हुने भएकाले पाँच, १०, २०, ५० र १०० रुपैयाँका एक बन्डलका दरले उपलब्ध गराइने शाक्यले बताए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १० : ३४ बजे