३ आश्विन २०८१, बिहिबार | September 19, 2024

चितवनमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते



भरतपुर । चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा९६प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा३ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय आनन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बद्रेनीबाट हात्तीचोकतर्फ आउँदै गरेको बा प्र ०६–००१ प ४७९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१२ का २० वर्षीय समित महतो, मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका ६ का २१ वर्षीय विज्ञान चौधरी, सोही ठाउँका २२ वर्षीय रोशन चौधरी घाइते भएका थिए ।

घाइते तीनैजनाको उपचार भरतपुरको पुरानो मेडिकल कलेजमा भइरहेको छ । रासस

दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

बिहीबार साँझ चितवनको रत्ननगर नगरपालिका ७ बद्रेनीस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टदा तीनजना घाइते भएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ९ : ०४ बजे