६ आश्विन २०८१, आइतबार | September 23, 2024

नेपाल हिन्दु राष्ट्रनै होः सिके राउत



काठमाडौं, १३ मंसिर । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त राउतले नेपाल धर्मनिरपेक्ष राष्ट नभइसकेको बताएका छन ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपाल हिन्दु राष्ट्रनै भएको दाबी गरेका हुन् ।

संविधानले पनि सनातनदेखि चलिआएको धर्मको रक्षा गर्ने भनेर प्रष्ट बोलेको भन्दै उनले नेपाल धर्म निरपेक्ष राष्ट्र हो भन्नेमा आफूलाई विश्वास नरहेको बताएका हुन् । उनले

‘नेपाल हिन्दु राष्ट्र हो नै, यसमा दुईमत लाग्दैन । जनसंख्या छँदैछ । संविधानले पनि भनेकै छ– सनातनदेखि चलिआएको धर्मको रक्षा गर्ने भनेर । यसमा चाहीँ छदैछ जस्तो मलाई लाग्छ । नभएको जस्तो मलाई लाग्दैन,’– उनले भने ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १२ : २३ बजे