४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रास्वपाकाे संयुक्त बैठक आज सकिँदै



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिनदेखि जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बुधबार सकिँदै छ।

महोत्तरीको जलेश्वरमा जारी बैठकमा आज पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछ्न्।

प्रतिवेदनमाथि छलफल गर्ने र पारित गराउने नेता कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। त्यसभन्दा पहिले १७ जनाको समूहमा नीति विचार मण्डलको बैठक बस्नेछ। उक्त बैठकमा सभापतिको राजनीति प्रतिवेदनमाथि छलफल हुनेछ।

आजको बैठकले पार्टीको आगामी कार्यादिशाबारे ठोस निर्णय लिँदै बैठक सकिने बुर्लाकोटीको भनाइ छ।

डा. स्वर्णिम वाग्लेलाई पार्टी उपसभापति बनाउने भने पनि त्यसबारे ठोस निर्णय भएको छैन। रास्वपाको विधानमा दुई उपसभापतिको प्रावधान छ। हाल रास्वपाको एक उपसभापतिमा डोलप्रसाद अर्याल छ्न्।

डा. वाग्ले उपसभापति बने सभापति लामिछाने र उपसभापति अर्यालपछि पार्टी वरीयतामा उनी तेस्राे हुनेछन्।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १२ : ५७ बजे