२ आश्विन २०८१, बुधबार | September 18, 2024

३० कम्पनीलाई दूरसञ्चार प्राधिकरणको ताकेता– ७ दिनिभत्र सम्पर्कमा नआए अनुमति खारेज हुने



काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा कम्पनीहरुलाई ७ दिन भित्र सम्पर्कमा आउन ताकेता गरेको छ।

दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमतिपत्र प्राप्त गरेका, तर विगत केही वर्षदेखि नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामिण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनुपर्नेमा सो नदिएको भन्दै प्राधिकरणले ३० कम्पनीलाई सम्पर्कमा आउन भनेको हो।

बक्यौता रकम तिर्नका लागि पटक–पटक सम्पर्क तथा पत्राचार गर्दा पनि कम्पनीहरु सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ।

७ दिनिभत्र पनि सम्पर्कमा नआए दूरसञ्चार ऐन २०५३ बमोजिम प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेनावनी दिएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : ५२ बजे