२ आश्विन २०८१, बुधबार | September 18, 2024

विपीन जोशीको रिहाइको पहल गरिदिन कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्रीको आग्रह



२४ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र कतार भ्रमणका क्रममा त्यहाँका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलअजीज अल खुलाईफीबीच आइतबार भेटवार्ता भएको छ ।

भेटमा परराष्ट्रमन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको छिट्टै रिहाइका निम्ति कतारलाई सहजीकरण गर्न अनुरोध दोहोर्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा विदेश राज्यमन्त्रीले नेपाली नागरिक जोशीको रिहाइका निम्ति कतार सरकारले प्रयास जारी राखेको जानकारी गराएका थिए । यसअघि पनि राजदूत मार्फत कतारसँग आग्रह गरिएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ४ : ३३ बजे