६ आश्विन २०८१, आइतबार | September 22, 2024

यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाल ५२ रनमै अलआउट



यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपाल ५२ रनमै अलआउट भएको छ । दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भएको हो । नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

हेमन्त धामीको ८ रन नै नेपाली ब्याटरको उच्च स्कोर रह्यो । भारतका लागि राज लिम्बानीले सात, आराध्या शुक्लाले दुई र अर्शिन कुलकर्णीले एक विकेट लिए ।
पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले हराएको भारत दोस्रो खेलमा भने पाकिस्तानसँग ८ विकेटले पराजित भयो । अहिले ऊ २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

यता अंकविहीन नेपाल भने तालिकाको पुछारमा छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट तथा दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनको हार बेहोरेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १ : २८ बजे