६ आश्विन २०८१, आइतबार | September 22, 2024

भारतसँग लज्जासपद हारसँगै नेपालको एसिया कप यात्रा टुंगियो



एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत आज आफ्नो अन्तिम खेलमा नेपालले भारतसँग लज्जास्पद हार व्येहोरेको छ । भारतीय बलर सामु टिक्न नसकेका नेपाली ब्याटर ५२ रन मात्र जोड्दा पेभेलियन फर्किएका थिए ।

५३ रनको सामान्य लक्ष्य पाएको भारतले ७.१ ओभरमा विना क्षति लक्ष्य पूरा गरेको हो । नेपाल १० विकेटले पराजित भयो । भारतका ओपनर आर्सिन कुलकर्नी र आदर्श सिंहले नटआउट रहँदै टिमलाई जिताए ।

यो जितसँगै यो समूहबाट भारत र पाकिस्तान सेमिफाइनल पुगेका छन् । नेपाल भने जितविहीन रहँदै घर फर्किएको छ । विश्वकप अगाडि भएको यो प्रतियोगिता नेपालका लागि एक अवसर थियो । तर, सबै खेलमा पराजित हुँदै नेपाली युवा टोली घर फर्किएको हो ।

यसअघि दुबईको आईसीसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा नेपाल २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाउँदै अलआउट भयो । भारतविरुद्ध नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिए । उनले ९.१ ओभरमा केवल १३ रन खर्चेका थिए । ५३ रनको झिनो लक्ष्य पाएको भारतले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

नेपाल यसअघि भएको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ३ : ०९ बजे