४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

फिफा सर्वश्रेष्ठ खेलाडीको सूचीमा मेस्सी, हालान्ड र एमबाप्पे, कसले जित्ला अवार्ड ?



फुटबल सर्वाेच्च निकाय फिफाले सन् २०२३ को सर्वोत्कृष्ट खेलाडीको अन्तिम तीन मनोनयनमा लियोनल मेस्सी, अर्लिङ हालान्ड र किलियन एमबाप्पे परेको बताएको छ ।

यी तीनमध्ये एकले फिफा सर्वोकृष्ट खेलाडीको अवार्ड हात पार्नेछन् । यसअघि बालुन डि’ओरको शीर्ष तीनमा पनि मेस्सी, हालान्ड र एमबाप्पे नै अन्तिम तीनसम्म पुगेका थिए । मेस्सीले आठपटक बालुन डि’ओर जितेर इतिहास रचिसकेका छन् ।

मेस्सीले सन् २०२२ मै पनि फिफाको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारेका थिए ।

मेस्सीले गत सिजन अर्जेन्टिनाबाट विश्वकपको उपाधि हात पारेका थिएभने पीएसजीबाट लिग वान र फ्रेन्च सुपर कप हात पारेका थिए । यसवर्ष इन्टर मायामी गएका मेस्सीले त्यहाँ पनि लिग्स कप जितेका थिए ।

म्यानचेस्टर सिटीका हालान्डले गत सिजन ट्रेबल उपाधि च्याम्पियन्स लिग, इंग्लिस प्रिमियर लिग र एफए कप जिते भने उनले यसवर्षको यूईएफए बेस्ट प्लेयरको अवार्ड पाए ।

एमबाप्पेले गतवर्षको विश्वकप जित्न सकेनन्, तर उनले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई विश्वकपको उपविजेता बनाउन सके । एमबाप्पेले पीएसजीबाट लिग वान र फ्रेन्च सुपर कप जितेका थिए ।

फिफाले आगामी जनवरी १५ मा लन्डनमा हुने कार्यक्रममा सर्वोत्कृष्ट खेलाडीको घोषणा गर्नेछ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ३ : ०२ बजे