६ आश्विन २०८१, आइतबार | September 22, 2024

१४ खेलमै २० गोल गरेर ह्यारी केनले बनाए कीर्तिमान



काठमाडौँ- इङ्ग्ल्यान्ड राष्ट्रिय फुटबल टिमका कप्तान ह्यारी केनले जर्मन बुन्डेसलिगामा सबैभन्दा छिटो २० गोल गर्ने कीर्तिमान कायम गरेका छन् ।

बुन्डेसलिगाअन्तर्गत आइतबार राति बायर्न म्युनिखले स्टुटगार्टलाई ३-० गोलअन्तरले पराजित गर्दा केनले दुई गोल गरेका थिए ।

यससँगै जारी सिजनको बुन्डेसलिगाअन्तर्गत केनले १४ खेलमै बायर्न म्युनिखका लागि २० गोल पूरा गरेका छन् ।

यसअघि बुन्डेसलिगाको पहिलो सिजन अर्थात सन् १९६३-६४ मा हामबर्गका महान खेलाडी उवा सिलरले २१ खेलमा २० गोल गरेका थिए । त्यसैगरी, सन् २०२० मा बोरुसिया डर्टमन्डका लागि खेलेका अर्लिङ हालान्डले २२ खेलमा २० गोल गरेका थिए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ११ : ५९ बजे