५ आश्विन २०८१, शनिबार | September 21, 2024

टर्कीमा १२ सय भन्दा बढी अवैध आप्रवासी पक्राउ



इस्तानबुल – टर्कीको सुरक्षा बलद्वारा गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा १ हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको सरकारी टेलिभिजन टिआरटिले सोमबार उल्लेख गरेको छ । 

पक्राउ परेका आप्रवासीहरूलाई  आप्रवासन कार्यलयमा पठाइएको छ । प्रान्तीय कमान्ड टोलीले अवैध आप्रवासनलाई रोक्न एडिर्नको शहरको केन्द्र तथा वरपरका जिल्लामा निरीक्षण कडा बनाएको छ । एडिर्ने ग्रीस र बुल्गेरियाको सिमाना नजिक रहेको क्षेत्र हो ।

टर्कीका आन्तरिक मन्त्री अली उर्लिकायाले देशको सबै भन्दा ठूलो शहर इस्तानबुलमा मात्र नभई सबै प्रान्तका अवैध आप्रवासीहरूलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  २ : ३२ बजे