२ आश्विन २०८१, बुधबार | September 18, 2024

कोरोनाको नयाँ भेरियन्ट जेएन-१ कति घातक ?



एजेन्सी । कोभिड-१९ माहामारीपछि फेरी कोरोनाको त्रास फैलिएकाे छ । यतिबेला भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन-१ ले धेरैमा संक्रमण गराएको छ भने केहीको मृत्युसमेत भइसेकेको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै नेपालमा पनि यसकाे जाेखिम उच्च हुन्छ । विगतमा पनि छिमेकी मुलुकमा देखिएका कोरोनाका नयाँ प्रजाति नेपालमा देखिइसकेका छन् । यसले गर्दा नेपाल पनि जेएन-१ नफैलिएला भन्न सकिने अवस्था छैन् ।

भारतको केरलामा देखिएको कोरोनाको नयाँ भेरियन्ट जेएन-१  त्यति धेरै घातक भने नभएको बताइन्छ । कोभिड विशेषज्ञ समितिका सदस्य डा अनिश टीएसले बिबिसीलाई भनेका छन्, ‘ १०० पोजिटिभ केसमध्ये ५० प्रतिशतमा यो भेरियन्टले कुनै लक्षण देखापर्दैन। यो भेरियन्ट घातक नभएता पनि अत्यधिक संक्रामक रहेको छ । जेएन-१ एक व्यक्तिबाट अर्को व्यतिमा  फैलन भने समय लाग्दैन् । विश्व स्वास्थ्य संगठनले याे भेरियन्ट लाई ‘भेरिएन्ट अफ इन्ट्रेस्ट’ भनेकाे छ ।

अहिलेसम्म ४० भन्दा धेरै देशमा यो नयाँ भेरियन्ट फैलिसकेको छ । भाइरस नाकबाट निस्कने कणहरू मार्फत हावामा फैलिन्छ। यो इन्फ्लुएन्जाभन्दा खतरनाक भएको हुँदा वृद्धवृद्धा र दीर्घ रोगीहरुले विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  २ : ११ बजे