१० माघ २०८२, शुक्रबार | January 23, 2026

लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ



काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको ‘जबरजस्ती करणी’ मुद्दामा बिहीबार पनि सुनुवाइ हुँदैछ। बुधबार बहस गरी ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन लागेको हो।

बिहीबार पनि सन्दीप पक्षका वकिलले बहस गर्नेछन्। जाहेरवाला र सरकारी वकिलको बहस सकिएपछि बुधबार उनी पक्षका वकिलले बहस शुरू गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा गत आइतबारसुनुवाइ शुरू भएको थियो।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ८ : ५६ बजे