६ आश्विन २०८१, आइतबार | September 22, 2024

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत



काठमाडौँ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको राजीनामा आज स्वीकृत गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भारतीय विदेश मन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरे लगत्तै उनको राजीनामा स्वीकृत भएको जानकारी दिइएको हो ।

प्रधानमन्त्रीका सचिवालयका अन्य सदस्यको व्यवहारसँग असन्तुष्टि हुँदै तथा काम गर्न र गराउन नसकेको भन्दै एक महिनाअघि राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  २ : ०९ बजे