६ आश्विन २०८१, आइतबार | September 22, 2024

सुविधा गाउँ पस्यो,मान्छे सहरमा: राष्ट्रपति



काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले गाउँगाउँमा विकास र सुविधा पुगेपनि गाँउबाट युवा पलायन नरोकिएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

शुक्रबार तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले गाँउबाट भइरहेकव बसाइ सराई प्रति चिन्ता व्यक्त गर्नु भएको हो ।

‘‘अबका दुई–चार वर्षमा सबै गाउँमा कालोपत्रे सडक पुर्‍याउन हामी लागेका छौँ तर समस्या त्यही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन् ? विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौँतारिने हाम्रो हालत छ ।  राष्ट्रपति पौडेलले भन्नु भयो

राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलायन भएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले शिक्षा ज्ञान, चेतना र देशको सर्वाङ्गीण विकासको आधारशीला भएको बताउनुहुँदै शिक्षाको साथसाथै जीवनको आदर्श उच्च बनाउने र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने नैतिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । सिप र आचरणबिनाको नागरिकबाट देश संवृद्ध हुन नसक्ने हुँदा वर्तामा शिक्षा प्रणालीले त्यसलाई संवोधन गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : २९ बजे