३० भाद्र २०८१, आइतबार | September 16, 2024

कांग्रेसले पाएको १० सिटमा इतर समूहले माग्यो ४, शेखर-गगनसँग छलफल गर्दै देउवा



काठमाडौं । सत्ता गठबन्धनमा सीट भागबण्डाको टुंगो लागेपछि सभापति शेरबहादुर देउवाले पार्टीभित्र आन्तरिक छलफल थालेको छन्।

पार्टीको कार्यसम्पादन समितिको बैठक बस्नुअघि इतर पक्षका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा लगायतका नेताहरूसँग छलफल थालेका हुन्।

राष्ट्रियसभा उम्मेदवारको बारेमा छलफल गर्नको लागि कोइरालासहित इतर पक्षका नेताहरू धुम्वाराही गएको एक नेताले बताए।

इतर पक्षले कांग्रेसले पाएको १० सीटमध्ये ४ सीटमा दाबी गरेको छ।
आन्तरिक छलफल लगत्तै बस्ने कार्यसम्पादन समितिको बैठकले उम्मेदवार टुंग्याउने कांग्रेसको तयारी छ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १ : ३२ बजे