३१ भाद्र २०८१, सोमबार | September 16, 2024

गैंडाकोटमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



नवलपुर — नवलपरासी पूर्वको गैंडाकोटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका-१२ हर्कपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कास्की माछापुच्छ्रे गाउँपालिका-४ का २२ वर्षीय बलबहादुर शाहीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदबहादुर पौडेलका अनुसार ना ६ ख ६०१३ नम्बरको ट्रकले ना ६५ प ६७८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : २४ बजे