४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापर्ण गर्ने



काठमाडौँ,२७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापण गर्नुहुने भएको छ ।

राष्ट्रपति पौडेलले शुक्रबार बिहान ८ः ४५ बजे नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापर्ण गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ८ : ४४ बजे