चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्दै सरकार अघि बढ्ने बताउएका छन् ।
जनताको असन्तुष्टि गुनासाका विषयमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए । उनले भने, “आज हामी यहाँको अवस्था केहो, के कति क्षति हुन्छ भन्ने विषयमा छलफलबाट निष्कर्ष निकाल्ने छौँ ।” जनप्रतिनिधि, दलका प्रतिनिधि र सरोकारवालाबीच आजै छलफल गरिने उनले बताए । पूर्वपश्चिम रेलमार्गाको रेखाङ्कनको विषयमा आफूहरु छलफलका क्रममा रहेको उनले बताए । विवाद आइसकेपछि काम अहिलेका लागि स्थगित गरिएको उनको भनाइ छ ।
उनले भने, “रु ३७ अर्ब बजेट घटाइएको छ, बजेट घटेपछि स्वाभाविकरुपमा आयोजना प्रभावित भएका छन् ।” बजेटको अभाव र निर्माण व्यवसायीको ढिलाइले समेत समस्या भएको उनको भनाइ थियो । यी समस्या समाधान गर्दै अघि बढेको उनले बताए । बजेटका विषयमा अर्थ मन्त्रालयसँग छलफल गर्दै देखिएका समस्या समाधान गर्दै मन्त्रालय अघि बढेको उनले बताए।
प्रतिक्रिया