५ असार २०८३, शुक्रबार | June 19, 2026

साफ यू१६ च्याम्पियनसिप : सबै खेल च्यासलमा, नेपालको पहिलो खेल बांग्लादेशसँग



काठमाडौँ– नेपालमा आयोजना हुने साफ यू१६ महिना च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एशियाली फुटबल फेडेरेसनले आइतबार खेल तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक खेल तालिकाअनुसार प्रतियोगिताका सम्पूर्ण खेल च्यासल मैदानमा हुने छन्। प्रतियोगितामा नेपालसँगै भारत, भुटान र बांग्लादेशको सहभागिता रहने छ।

नेपालले पहिलो खेल बांग्लादेशसँग खेल्ने छ। यो खेल मार्च २ मा हुनेछ। दोस्रो खेल नेपालले मार्च ४ मा भुटानसँग खेल्ने छ भने अन्तिम खेल भारतसँग मार्च ७ मा खेल्ने छ।

शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि मार्च १० मा खेल्ने छन्। सम्पूर्ण खेल दिउँसो ३ बजेदेखि शुरू हुने छ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : ४२ बजे