३१ भाद्र २०८१, सोमबार | September 16, 2024

वाइवाइ चाउचाउ खेलाडीको हौसला बढाउन लागिरहन्छ : विनोद चौधरी



काठमाडौँ- उद्योगपति विनोद चौधरीले अफगानिस्तानलाई पराजित गर्दै आईसीसी यू-१९ क्रिकेट विश्वकपको ‘सुपर सिक्स’ मा स्थान बनाएको नेपाली यू-१९ क्रिकेट टिमलाई बधाई दिएका छन् ।

दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको समूह ‘डी’ अन्तर्गतको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपालले सुपर सिक्समा स्थान सुरक्षित गरेको थियो ।

१ सय ४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ९ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा कप्तान देव खनालले ५८ रन तथा आकाश चन्दले ५ विकेट हात पारेका थिए ।

नेपालले अब सुपर सिक्समा भारत र बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।

सुपर सिक्समा पुगेपछि सांसद समेत रहेका चौधरीले आगामी खेलका लागि शुभकामना समेत व्यक्त गरे । उनले नेपाली क्रिकेटको पक्ष र विकासमा लागिरहेको वाइवाइ चाउचाउ आगामी दिनमा पनि नेपाली खेलाडीको हौसला बढाउन लागिरहने बताए ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  २ : ४० बजे