१४ माघ २०८२, मंगलबार | January 27, 2026

यू–१९ साफ महिला फुटबल : भारतसँग स्तब्ध भएसँगै नेपालको यात्रा समाप्त



काठमाडौं। यू–१९ साफ महिला फुटबल प्रतियोगितामा नेपालको यात्रा समाप्त भएको छ।

बंगलादेशको ढाकामा मंगलबार भएको खेलमा भारतसँग ४–० गोलले पराजित हुँदै नेपाल समूहचरणमा नै रोकिएको हो।

नेपाललाई पराजित गर्दै ३ अंक जोडेको भारत शीर्ष स्थानमा उक्लिएको छ। ६ अंक भएको बंगालदेश भने दोस्रो स्थानमा झरेको छ।

पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा भने लय गुमाएको थियो । दोस्रो हाफमा नेपालले ४ गोल खायो।

राउण्ड रोबिनको आधारमा खेलाइने सो प्रतियोगिताको फाइनल माघ २५ गते हुनेछ। उपाधिका लागि भारत र बंगलादेशबीच खेल हुनेछ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ४ : ५४ बजे