३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सफाइ पाएसँगै अदालत परिसरमा ओइरिए सन्दीपका समर्थक



लेग स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि उनका समर्थक ओइरिएका छन् ।

उच्च अदालतले फैसला सुनाउनुअघि नै सयौँ समर्थक अदालत परिसरमा थिए । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले १९ वर्षीया युवतीको बलात्कार प्रकरणमा सन्दीप निर्दोष रहेको फैसला सुनाएसँगै हजार आसपास फ्यान अदालत परिसरमा जम्मा भए ।


राष्ट्रिय झन्डासहित उत्रिएका उनीहरूले सन्दीपको पक्षमा हुटिङ गरे। फ्यानको भिड लागेपछि प्रहरीलाई अदालत परिसरको माहोल सम्हाल्न हम्मे पर्‍यो ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ६ : १८ बजे