४ आश्विन २०८३, आइतबार | September 20, 2026

सांसद चन्द्र भण्डारीको घरमा ग्याँस सिलिण्डर विस्फोट, भण्डारीकी आमाको निधन



खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीसहित उनकी आमा हरिकला भण्डारीगम्भीर घाइते भएकी थिईन । भण्डारी गुल्मी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

उनको निजी निवास काठमाडौंको नयाँ वानेश्वर बुद्धनगरमा गएराति भएको विस्फोटमा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा गम्भीर घाइते भएका थिए ।

उनीहरु ग्याँस विस्फोटमा परि दुवै जनाको कीर्तिपूरस्थित बर्न सेन्टरमा उपचारका लागि लगिएको थियो । चिकित्सकका अनुसार चन्द्र भण्डारीको शरीरको केही भाग जलेको थियो भने उनकी आमाको करिब ७० प्रतिशत शरीर जलेको थियो ।

मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार उपचारको क्रममा सांसद चन्द्र भण्डारीकी आमाको १०:५७ बजे निधन भएको छ ।

सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ६ : ३४ बजे