६ आश्विन २०८१, आइतबार | September 22, 2024

एम थ्री मोबाईल हाउसका संचालक अवैध मोबाइल सहित पक्राउ



चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढ स्थित एम थ्री मोबाइल हाउसका संचालकलाई ४० थान अवैध मोबाईल सहित पक्राउ गरेको छ |

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी निरीक्षक समेतको प्रहरी टोलीले मिति २०७९/११/०३ गते साँझ ७:०० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपलिका वडा नं.१ ईन्द्रदेव मार्ग स्थित M3 मोबाइल हाउसमा खानतलासी गर्दा भन्सार छली गरी ल्याएको आईफोन, समासुङ्ग, रियलमी लगायत ब्राण्डका ४० थान अवैध मोबाईल सेट सहित उक्त मोबाईल हाउसका संचालक वर्ष ३५ का  दिपेन्द्र खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए | खड्कालाई थप अनुसन्धानका लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको उनले बताए |

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : ४६ बजे