३० बैशाख २०८२, मंगलबार | May 14, 2025

स्कटल्यान्डले नेपाललाई दियो २१३ रनको लक्ष्य



आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्यान्डले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ। 

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६.१ ओभरमा २१२ रनमा अलआउट भयो।

स्कटल्यान्डको लागि जर्ज मुन्सेले सर्वाधिक ६० रनको योगदान दिएका थिए भने नेपालका लागि पूर्व कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ६ : ४२ बजे