३ आश्विन २०८१, बिहिबार | September 20, 2024

त्रिविका सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द



काठमाण्डौ, फागुन ११

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरु बन्द हुने भएका छन् ।बिहीबार (आज) बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सो निर्णय गरेको हो ।फागुन ८ गते दिवंगत भएका त्रिवि सेवा आयोगको पूर्व अध्यक्ष प्राध्यापक चूडाप्रसाद उप्रेतीको निधनप्रति शोक व्यक्त गर्दै बिदा दिने निर्णय भएको त्रिविले जनाएको छ ।पठनपाठन बन्द भए पनि पूर्व निर्धारित परीक्षाहरु भने यथावत रहनेछन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १० : ३९ बजे